बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं। नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ५ जनाको नाम सिफारिस गरिएको छ। अध्यक्ष छनोट समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझालाई अन्तर्वार्ताका लागि सिफारिस गरेको हो।
Advertisement 1
अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले माग गरेको आवेदनअनुसार १२ जनाले आवेदन दिएका थिए। यसअघि प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अुनसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो।
त्यसपछि सरकारले पुस २६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको थियो। अन्तरवार्ताका लागि सिफारिस भएका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। मन्त्रिपरिषद् बैठकले १ जनालाई अध्यक्ष नियुक्ति गर्ने छ।
प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार १०:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%