बल्खु तरकारी बजारमा विषादी परीक्षण

काठमाडौं। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानमार्फत बल्खु तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको छ। विभागमार्फत मंगलबार राति खटिएको टोलीले तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेषको परीक्षण गरेको हो।

Advertisement 1

बल्खुस्थित कृषि तथा तरकारी बजारमा बिक्री वितरणमा रहेको ताजा तरकारी र फलफूलमा विभागको र्यापिड रेसपोन्स टिमले स्थलगत रुपमै विषादी परीक्षण गरेको हो।

बजारको विभिन्न स्टलहरुमा बिक्री वितरणमा रहेको गोलभेडा, फूलगोवी, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाँजर, हरियो सिमी, केरा तथा हरियो र कालो अंगूरलगायत १२ प्रकारका तरकारी फलफूलहरुका २० वटा नमूनाको परिक्षण गरिएको विभागले जानकारी दिएको छ।

Advertisement 2

उक्त परिक्षणमा न्यूनतम ९ प्रतिशत देखि अधिकत्तम २६ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको विभागले जानकारी दिएको छ।

मापदण्ड बमोजिम इन्जाईम इन्हिबिशन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरि पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्विकृत गरि नष्ट गरिने प्रावधान रहेको छ।

प्रकाशित :२०८१ माघ १६, बुधबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry