न्यूनगुणस्तरको दाल नाकामै रोक्का

काठमाडौं। सरकारले न्यूनगुणस्तरको चना र राजमाको दाल बिक्री वितरण रोक्का गरेको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले न्यूनगुणस्तरको चना र राजमाको दाल बिक्री रोक्का गरेको हो।
Advertisement 1
नेपालगञ्जको कशौधन ट्रेडर्सले भारतबाट आयात गरेको उक्त दुई किसिमको दाल परीक्षण गर्दा गुणस्तरहीन पाइएपछि रोक्का गरिएको विभागले जानकारी दिएको छ। विभाग मातहतको नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ९ हजार ६ सय केजी चनाको दालमा किरा लागेको पाइएको थियो।
मापदण्ड विपरित किराले अत्यधिक क्षति पुर्याएको पाइएपछि आयात नै गर्न नदिन नेपालगञ्ज भन्सार कार्यालयलाई सिफारिस गरिएको विभागको भनाइ छ। त्यस्तै दाङको नेन्शी सप्लायर्सले भारतबाट आयात गर्न लागेको २३ हजार २८८ केजी राजमाको दाल पनि नाकामै रोक्का गरिएको छ।
Advertisement 2
नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकोले आयात गर्न नमिल्ने भन्दै नेपालगन्ज भन्सार कार्यालयमा सिफारिस गरिएको विभागले जानकारी दिएको छ।