यस्तो छ आइतबार विदेशी विनिमय मुद्राको भाउ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सार्वजनिक दरअनुसार आइतबारका लागि अघिल्लो दिनकै मूल्यमा विदेशी मुद्रा विनिमय हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
Advertisement 1
आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। शनिबार पनि अमेरिकी डलर सोही मूल्यमा कारोबार भएको थियो।
गत बुधबार अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। अमेकरिकी डलरको उक्त दर नेपाली बजारमा हालसम्मकै उच्च हो।
Advertisement 2
त्यसैगरी आज युरो एकको खरिदर १४२ रुपैया ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा कायम गरिएको छ। आजका लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा छ।
प्रकाशित :२०८१ माघ ६, आईतवार ०८:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%