आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो।
Advertisement 1
निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २४ पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५५ पैसा बढेर आएको दाबी गरेको छ।
बढेको मूल्य बिहीबार बिहान १ बजेदेखि लागू हुने निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
Advertisement 2
प्रकाशित :२०८१ माघ २, बुधबार २०:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%