विदेशी बजारमा कर्णालीको अदुवा
काँक्रेविहार। कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ। अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।
Advertisement 1
उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ। पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो।
कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो।
Advertisement 2
कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन्।
प्रकाशित :२०८१ पुष २९, सोमबार १०:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%