लोडसेडिङमुक्त घोषणाको ७ वर्षपछि उद्योगहरुमा दैनिक ८ घन्टा लोडसेडिङ

काठमाडौं। पहिलो कार्यकालमै मुलुकलाई लोडसेडिङमुक्त गरेको घोषणा गरेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कु्लमान घिसिङले ७ वर्षपछि विद्युत् आपूर्ति कम भएको बताएका छन्। मंगलबार बिहानै सचिवालयमार्फत सञ्चारमाध्यमहरुमा विज्ञप्ति पठाएर घिसिङले उद्योगहरुमा दैनिक ८ घण्टा लोडसेडिङ हुने जानकारी गराएका हुन्।

Advertisement 1

यद्यपि उनले लोडसेडिङ हुनुमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएको बहाना बनाएका छन्। साथै भारतबाट यही समयमा आयात हुन नसक्दा विद्युत् आपूर्तिमा समस्या भएको उनले बताएका छन्।

२०७३ सालमा प्रबन्ध निर्देशक भएर प्राधिकरण छिरेका घिसिङले २०७४ सालमै मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेका थिए। यद्यपि त्यतिबेला पनि मुलुकका धेरै स्थानमा विद्युत् नपुगेको, काठमाडौं उपत्यकामै पनि गुणस्तरीय बिजुली नपुगेको अवस्था थियो। भारतबाट आयात गरेर विद्य्त् व्यवस्थापन गरिएको थियो।

Advertisement 2

तर, पहिलो कार्यकालमै मुलुक लोडसेडिङमुक्त घोषणा गरेका घिसिङले दोस्रो कार्यकाल सकिनै लाग्दा उद्योगहरुमा दैनिक ८ घण्टा विद्युत् उपलब्ध गराउन नसकिने बताएका छन्। ‘४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ,’ सचिवालयमार्फत सञ्चारमाध्यमहरुमा पठाएको विज्ञप्तिमा भनिएको छ।

यस्तोमा कुलमानमाथि स्वाभाविक प्रश्न उठ्छ, ‘एउटा आयोजनाको उत्पादन नहुँदा विद्युत् आपूर्तिमा समस्या हुने भए मुलुकलाई ७ वर्षअघि नै केका आधारमा लोडसेडिङमुक्त गरियो?, भारतबाट आयात गरेर विद्युत् उपभोग गरिएको थियो भने, दुईदुई कार्यकालभर विद्युत् निर्यातको भाषण र प्रचारप्रसार किन गरियो? …’

Advertisement 3

उनले पठाएको विज्ञप्तिमा थप भनिएको छ, ‘हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ।’

विद्युत् आपूर्तिमा समस्या आउनुमा उनले गत असोजमा गएको बाढीपहिरोलाई पनि बहाना बनाएका छन्। ‘हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नु पर्दछ,’ उनले भनेका छन्। मंगलबार उद्योगहरुमा लोडसेडिङ गरिने घिसिङको घोषणाले पहिलो कार्यकालदेखि नै लोडसेडिङमुक्त गराएको हल्ला फैलाएर प्राधिकरणभित्र हैकम जमानएको झन छताछुल्ल भएको छ।

घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। यसले एकातिर उनले यसअघि नै लोडसेडिङमुक्त घोषणा गर्नु झुटो रहेको प्रमाणित हुन्छ भने अर्कोतिर उद्योगहरुको लाइन काटेर सरकारलाई असयोग गर्ने नीति लिएको प्रष्ट हुन्छ।

उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई औद्योगीक क्षेत्रको विद्युत् कटौती गरेर असहयोग गर्ने र त्यसको नकारात्मक असरको दोष ओली नेतृत्वको सरकारको थाप्लोमा पार्ने नीति लिएका यसले प्रष्ट हुन्छ।

ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने

प्रकाशित :२०८१ पुष २, मंगलवार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry