सुदूरपहाडमा हिमपात : दैनिकी प्रभावित, गहुँबालीलाई राहत

डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि  सेताम्मे देखिएका बस्ती। तस्बिर : चक्र मल्ल/रासस
बैतडी। वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।
Advertisement 1
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
बैतडीसँगै, डडेल्धुरा, डोटीलगायत पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ। हिमपात र वर्षाका कारण चिसो बढेको छ।
Advertisement 2
चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ। दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो।
									
										प्रकाशित  :२०८१ मंसिर २४, सोमबार १०:५९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

