आपूर्ति मन्त्री भण्डारी र भारतका खाद्य मन्त्रीबीच भेटवार्ता
काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
Advertisement 1
नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको बुधबार साँझ भएको भेटमा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत विषयमा छलफल भएको थियो।
सो क्रममा मन्त्री भण्डारीले भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराए। छलफल सकारात्मक भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए।
Advertisement 2
मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि भारतीय मन्त्री जोशीको ध्यानाकर्षण गराए। सो क्रममा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभागबीच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको थियो।