खाद्य प्रविधिको महानिर्देशकमा फेरि कर्ण

काठमाडौं। सरकारले खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको महानिर्देशकमा सञ्जिकुमार कर्णलाई नियुक्त गरेको छ।

Advertisement 1

कृषि तथा पशुपन्छी मन्त्रालयले विभागकी महानिर्देशक मतिना जोशी वैद्यलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा कर्णलाई सरुवा गरेको हो।

कर्ण यसअघि पनि विभागको महानिर्देशक थिए। विभागको अटो ल्याब खरिदमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए।

Advertisement 2

त्यसपछि विभागको महानिर्देशकमा मतिना जोशी वैद्य नियुक्त भएकी थिइन्।

पछिल्लो समय विशेष अदालतबाट सफाई पाएर मन्त्रालयको खाद्य शाखा प्रमुख रहेका सिनियर सहसचिव कर्णलाई नै मन्त्रालयले विभागको जिम्मेवारी तोकेको हो।

प्रकाशित :२०८१ भाद्र २०, बिहीबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम