पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार बिहानदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
Advertisement 1
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मंगलबार बिहानैदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ। यसअघि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ रहेको थियो।
Advertisement 2
त्यस्तै काठमाडौंमा डिजेल तथा मट्टितेलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ कामय गरिएको निगमले जानकारी दिएको छ।
यसअघि डिजे तथा मट्टितेलको मूल्य काठमाडौंमा १५७ रुपैयाँ प्रतितिलटरका दरले रहेको थियो।
Advertisement 3
प्रकाशित :२०८१ श्रावण १, मंगलवार ११:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%