राष्ट्रपतिविरुद्ध बोलेको अभियोगमा नेत्री रामकुमारी झाँक्री पक्राउ


प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ छ । एकाबिहानै सादा पोशाकका प्रहरी उनको घरमै पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास परिसरमा छिरेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले पक्राउको विरोध गर्दै प्रदर्शन थालेका छन् । नेतृ रामकुमारी झाक्रीले पक्राउ पूर्जी विना आफूलाई पक्रन नपाइने अड्डी दिएपछि उनलाई प्रहरीले राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउ गर्ने गरी पक्राउ पूर्जी थमाएको छ । पक्राउ पूर्जी हात परेसँगै उनले सम्बोधन गरेकी थिईन र गिरफ्तारी दिइकी हुन् ।
प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि शंखमुलस्थित झाँक्रको निवास अगाडि युवा विद्यार्थीहरुको एक समूहले प्रदर्शन गरिरहेको छ । झाँकीले गोरखाको जनसभामा दिएको अभिव्यक्तिको विषयमा सोधपुछ गर्न प्रहरीले बोलाएको थियो । त्यस लगत्तै उनको निवास अगाडि प्रहरी पुगेको थियो । झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पटक–पटक कोशिस गरे पनि उनका समर्थकले अवरोध गरिरहेका छन् । त्यहाँ विद्यार्थीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न नपाइने भन्दै नारा लगाएका छन् । उनीहरुले प्रधामन्त्री केपी ओली र राष्ट्रपति भण्डारीबारे चर्को नारा लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।
। झाँक्रीले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन् । सोही विषयलाई लिएर ओली नेतृत्वको नेकपाको महिला संगठनले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

प्रकाशित :२०७७ माघ २९, बिहीबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry