प्रचण्डलाई ओलीको प्रस्ताव :-‘मिलेर अगाडि बढौं’

 

Advertisement 1

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन सम्पर्क गरी मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

प्रचण्डले गोरखाबाट निर्वाचित भएको केही समय पछि टेलिफोन सम्पर्क गरी केपी ओलीले बधाई दिँदै सहकार्यको प्रस्ताव राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्ड सचिवालय स्रोतका अनुसार केपी ओली र प्रचण्डबीच निर्वाचनपछि बन्ने राजनीतिक समीकरणका विषयमा सामान्य कुराकानी भएको थियो।

Advertisement 2

नेकपा फुटेपछि केपी ओलीले पहिलो पटक टेलिफोन सम्पर्क गरी विगतका पूरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे प्रस्ताव राखेका हुन ।

प्रचण्डले भने अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जबाफ फर्काएका थिए ।

Advertisement 3

ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिएका छन् ।

प्रकाशित :२०७९ मंसिर ८, बिहीबार १९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry