कुन भन्सारबाट कति उठ्यो राजश्व ?

अघिल्लो आर्थिक बर्षमा सबैभन्दा बढी राजश्व वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ ।

Advertisement 1

यस्तै भैरहवा भन्सार कार्यालयबाट १ खर्ब १५ अर्ब राजस्व संकलन भएको छ । यस्तै तेस्रो धेरै राजश्व संकलन गर्नेमा वीरगन्ज सुख्खा बन्दरगाह कार्यालय रहेको छ । उक्त कार्यालयले ४९ अर्ब ३४ करोड महसुल संकलन गरेको छ ।

चौथोमा विराटनगर भन्सार कार्यालय रहेको छ । उक्त कार्यालयले गत वर्ष ४० अर्ब महसुल संकलन गरेको छ ।

Advertisement 2

त्रिभुवन विमानस्थल कार्यालयले २३ अर्ब ४३ करोड महसुल संकलन गर्दा नेपालगञ्ज भन्सार २२ अर्ब ४२ करोड, मेची भन्सार १७ अर्ब ८० करोड असुली गर्दा कैलाली भन्सार कार्यालयले ९ अर्ब ३० करोड उठाएको छ ।

यस्तै रसुवा भन्सार ७ अर्ब १७ करोड, कृष्णनगर भन्सारले ५ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ । तातोपानी भन्सारले ३ अर्ब ४२ करोड राजस्व संकलन गरेको छ ।

Advertisement 3

भन्सार विभाग अन्तर्गतका ५ भन्सार कार्यालयले एक करोड पनि राजस्व संकलन भएको छैन । त्रिवेणी भन्सार कार्यालयले गतवर्ष कुनै राजस्व संकलन गरेको छैन । यस्तै, महाकाली भन्सार कार्यालयले २३ लाख ६१ हजार मात्र कर संकलन गरेको छ । गत वर्ष विभाग अन्तर्गतका कार्यालयले कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन गरेको छ ।

प्रकाशित :२०७९ कार्तिक १२, शनिबार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry