प्रतिनिधि सभा बैठक बस्दै, पेश हुँदैछन् यी ५ विद्येयक

प्रतिनिधि सभाको बैठक आज बस्ने बैठकमा विभिन्न विद्येयक पेश हुने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजेबाट शुरु हुने कार्यसूची रहेको छ र आजको कार्यसूची अनुसार आजको बैठकमा ५ वटा विद्येक पेश गर्ने कार्यसूची रहेको छ । जसमा अर्थमन्त्री जनार्दन शर्माले २ वटा,भौतिक पूर्वाधार मन्त्री इस्यिाक राइले एउटा र उद्योगमन्त्री दिलेन्द प्रसाद बढुले २ वटा विद्येयक अघि बढाउनेछन् ।

Advertisement 1

आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै मन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Advertisement 2

यस्तै प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, ०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको यो विद्येयक पेश गर्नेछन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै प्रत्यायन विद्येयक पनि पेश गर्ने कार्यसूची रहेको छ ।

Advertisement 3

सो विधेयकलाई छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिनेछ ।

 

प्रकाशित :२०७९ श्रावण २९, आईतवार ०७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry