खुकुरी रममा नयाँ प्याकेजिङका पाँच विशेषता
खुकुरी रमको नयाँ प्याकेजिङको ५ विशेषता रहेका छन् । रम पारखीहरूमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताको विषयमा समेत कौतुहल देखिएको छ । नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएका छन् ।
Advertisement 1
द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ । यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्कसमेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरूको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाएको छ ।
यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरूलाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वाससमेत दिलाउने उनको तर्क छ । नयाँ प्याकमा एकअर्काको पूरकको रूपमा रहेको खुकुरीले नेपालीहरूको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।
Advertisement 2
खुकुरी रमको नयाँ प्याकका यिनै पाँच विशेषताका कारण ग्राहक उत्साहित देखिएका बिक्रेताहरू बताउँछन् । उनीहरूले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् । उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ ।