वालुवाटारमा विष्णु पौडेललाई केक खुवाउँदै वामदेवले भने -:”सय बर्षे बाँच्नु,राम्रो काम गर्नु”

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको छ । आज पार्टीको महासचिव एवं सरकारका अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन । नेकपाको सचिवालय बैठक महासचिव विष्णु पौडेललाई केक खुवाएर सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । यस्तै पार्टीका उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका थिए ।महासचिव पौडेल आजदेखि ६२ वर्ष लागेका छन्।

प्रकाशित :२०७७ मंसिर १६, मंगलवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry