टेरामक्स प्रकरण :-बहालवाला मन्त्रीदेखि मुख्यसचिवसम्म अनुसन्धानको घेरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ३ अर्ब बढी भ्रष्टाचार प्रकरणमा बहालवाला मन्त्रीदेखि मुख्यसचिवसम्मलाई प्रतिवादी बनाएर मुद्धा दायर गर्ने तयारी गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणालीका लागि उपकरण, त्यसमा जडान हुने सफ्टवेयर खरिद प्रक्रिया अगाडि बढाउँदा तत्कालीन सञ्चारमन्त्री तथा हालका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत बहाल थिए । पहिलो चरणमा २०७४ आसोज २० गते टेन्डर आह्वान गरेको थियो । यही प्रकरणमा जोडेर अख्तियारले तत्कालीन मन्त्री,सचिव,सहसचिवसम्मलाई भ्रष्टाचार मुद्धा दायर गर्ने तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

Advertisement 1

नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ ।सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम बोल कबोल गर्ने क्यानाडाको टीकेसी कम्पनीलाई छनोट नगरी लेबनानको भेनराइजलाई ठेक्का दिनका लागि पछि मापदण्ड नै परिवर्तन गरेको पाइएको र सेटिङमा ठेक्काको स्पेसिफिकेसन डिजाइन पटक–पटक संशोधन गरेर अमूक आपूर्तिकर्तालाई ठेक्का दिइएको भेटिएपछि यो प्रकरणमा मन्त्री,मुख्यसचिवदेखि सहसचिवसम्म अनुसन्धानको घेरामा तानिएका हुन ।

नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार काण्ड लागेर सचिवसहितकै जागिर खुस्कदा यो प्रकरणमा मुख्य सचिव बैकुण्ठ अर्यालसमेत अख्तियारको निशानामा परेका छन् ।
हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सञ्चारमन्त्री हुँदा कल र एसएमएस आदानप्रदान भएको अडिट गर्ने प्रविधि खरिद तीव्र गतिमा अगाडि बढेको थियो । उक्त ठेक्का आवह्वान हुँदा एनटीएका अध्यक्ष दिगम्बर झा थिए । सञ्चारमन्त्रीको भूमिकामा बस्नेत र सचिवको भूमिकामा महेन्द्रमान गुरुङ रहेका थिए ।

Advertisement 2

३ अर्बको (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) भ्रष्टाचार काण्डमा अख्तियारले बहालवाला मन्त्रीसहित २,२ सचिवसँग बयान लिइसकेको जनाइएको छ । अख्तियारको अनुसार तीन अर्बको घोटला प्रकरणमा बहालवाला बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री एवम् वहालवाला सांसद ज्ञानेन्द्रबहादुर कार्कीसहित हालका मुख्यसचिव बैकुण्ठ अर्याल,तत्कालीन सञ्चार सचिव तथा हाल सूचना आयोगका प्रमुख आयुक्त रहेका महेन्द्रबहादुर गुरुङ, नेपाल दूर सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा चलाउने तयारी भइरहेको छ ।अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी गरिरहेको छ ।

मुख्यसचिव अर्यालले टेरामक्स खरिदमा मात्रै नभएर एनसेलको प्रकरणमा समेत मुछिएर बदनामी खेप्दै आएका छन् । अर्यालसँगै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीविरुद्ध पनि टेरामक्स प्रकरणमा बोलाएर बयान लिएको छ । तिहार अघिमात्र खत्रीलाई अख्तियारले चेतावनीपूर्ण पत्रै काटेको छ । खत्री नेपाली कांग्रेसका नेता तथा तत्कालिन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नजिकका कर्मचारी हुन्। कार्कीकै सिफारिसमा खत्री अहिले बजेट महाशाखामा पुगेका हुन् ।

Advertisement 3

उसो त सफ्टवेयरको नाममा कर्मचारीहरुलाई खेलोफड्को व्यापक देखिन्छ । पछिल्लो समय प्रविधि भित्र्याउने नाममा हुने भ्रष्टाचार बढ्दो छ । सुरक्ष्माण प्रेस प्रकरणले त मन्त्री गोकुल बाष्कोटाको पदै गयो । यस्तै नेसनल पेमेन्ट गेटवेको खरिद प्रकरणमा तानिएर सचिव मधुकुमार मरासिनीको जागिर गइसकेको छ । यस्का अलवा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स, एमडीएमएसमा अर्बौं भ्रष्टाचार भइरहेको बताइन्छ । पछिल्ला बर्षका जति पनि ठूला भ्रष्टाचारका काण्डहरु छन् सबै प्रविधि खरिदसँग सम्बन्धित रहेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र, सुरक्षण मुद्रण केन्द्र, नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण हुँदै राष्ट्रिय पञ्जिकरण विभागको सफ्टवेयर खरिद पनि विवादमा आएको छ ।

प्रकाशित :२०८० मंसिर ९, शनिबार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry