यी हुन् १० बैठकभन्दा बढी प्रतिनिधि सभा बैठक नछिर्ने १५ सांसद

जनताको सार्वभौमसत्ता प्रयोग गर्ने निकाय हो संसद । त्यस्तो महत्वपूर्ण निकायमा विभिन्न बाहनाबाजी बनाएर सांसदहरु अनुपस्थित हुँदै आएका छन् भने कतिपय सांस्द हाजिर गरेर भत्ता पचाएर टाप हुने गरेको भेटिएको छ ।
संसदको बैठकमा अनुपस्थित लगातार अनुपस्थित हुनेमा पूर्वमन्त्री भीमसेनदास प्रधानदेखि रघुबीर महासेठ,गंगा चौधरी,शान्ता चौधरी,विनोद चौधरी,निर्जला राउत लगायतको नाम सार्वजनिक भएको छ ।

Advertisement 1

विभिन्‍न बाहना बनाएर प्रतिनिधि सभाको १० भन्दा बढी बैठकमा अनुपस्थित हुने १५ सांसदहरुमध्ये अधिकांशले स्वास्थ्य उपचारलाई बाहना बनाएका छन् । काँग्रेसका नेता भीमसेन दास प्रधानछोरीको ग्राएजुयसनका लागि अमेरिकामा रहेका कारण बैंठकमा अनुपस्थित भएको जनाएका छन् ।
यस्तै काँग्रेसकै नेता प्रदीप गिरी स्वास्थ्य उपचारको सिलसिलामा दिल्लीमा रहेकोका कारण संसदको बैठकमा उपस्थित हुन नसकेको जनाएका छन् ।
यस्तै बामदेव गौतमको पत्नी तुल्सा अमेरिका भ्रमणमा रहेका कारण देखाएर संसदको लगातार १० बैठकमा अनुपस्तित रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै रघुबीर महासेठ र जुली महतोले स्वास्थ्य सांसद गंगा चौधरीले स्वास्थ्यमा समस्या भएको कारण बैठकमा अनुपस्थित भएको जनाएका छन् ।
शान्ता चौधरी अमेरिका शयरमा रहेका कारण बैठकमा अनुपस्थित भएको कारण दर्शाइएको छ भने धर्मशिला चापागाईले घरायसी कामका कारण बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ ।
डलरे अर्वपति विनोद चौधरीले व्यवसायिक कामले नेपाल बाहिर भएको कारण दर्शाएर संसदको निरन्तर १० बैठकमा अनुपस्थित रहेको छन् ।

anupasthiti-Suchi-2079-5-2
प्रकाशित :२०७९ भाद्र २, बिहीबार १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry