अब विश्वभर हरपल नारायणी टुडे
![](https://ekarmachari.com/wp-content/uploads/2023/02/n.jpg)
पत्रकार वीरेन्द्रमणि पौडेलको सम्पादन/प्रकाशनमा २० वर्ष पार गरिसकेको नारायणी टुडे राष्ट्रिय मासिक चितवन र नेपालमा मात्रै सीमित थिएन । अन्तर्राष्ट्रिय जगतसम्म यसअघि नै पहुँच विस्तारित छ । पत्रिकाले आफ्नो वार्षिकोत्सव नै पटक–पटक विभिन्न विदेशी भूमिमा आयोजना गरेर विश्वमाझ जोडिने प्रयास गर्दै थियो । यही २०७९ माघ ९ देखि नारायणी टुडेको अनलाइन संस्करणसमेत सुरु गरिएको छ ।
Advertisement 1
विश्वभर छरिएर रहेका नेपालीहरुसँग प्रत्येक पल जोडिन अनलाइन सुरु गरिएको बताउँदै पत्रकार वीरेन्द्रमणि पौडेलले अन्तर्राष्ट्रिय जगतसँग जोडिएर आफ्नो देश र जनताका लागि केही गर्न सकिने विश्वास पनि व्यक्त गरे ।
धधध।लबचबथबलष्द्दमबथ।अयm मा लगइन गरेर अनलाइन हेर्न सकिन्छ । भरतपुरमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाबाट ल्यापटपमा उक्त वेबसाइट लगइन गरेर शुभारम्भ गरिएको थियो ।
Advertisement 2
अविरल बग्ने नारायणी जस्तै झन्डै २५ वर्षदेखि नारायणगढ, चितवनबाट निरन्तर प्रकाशित नारायणी टुडेलाई विभिन्न अवरोध र संकटका बाबजुद पनि यहाँसम्म आइपुग्न र अहिले संसारभर हेर्न सकिनेगरी अनलाइन पनि चलाउन सफल भएकोमा बधाई एवम् शुभकामना व्यक्त गर्दै मन्त्री थपलियाले पत्रकार पौडेललाई भने, ‘चितवन, नारायणी र देशकै गरिमा उच्च बनाउनुहोस् । इन्फरमेसन सेन्टर बन्न सकोस् । लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता प्राप्त उपलब्धिलाई संस्थागत गर्न यसबाट उर्जा दिन सकियोस् ।’ पछिल्लो समय नेपालमा पत्रकारिता गर्न केही सहज भएपनि नेगेटिभतर्फ ढल्केको भन्दै उनले आफूले पनि अध्ययन गरेर सप्रमाण समाचारमात्रै सम्प्रेषण गर्न र समुदाय अनि राष्ट्रप्रति जवाफदेही बन्न पत्रकारिता जगतलाई आग्रह गरे । जिल्लाका पत्रकारहरुमाझ कार्यक्रम आयोजना गरिएको थियो ।
अजय गोर्खाली