असार १५ का चर्चित काण्ड

यो कुनै चलचित्रको सुटिङ होइन । तस्वीरमा देखिएका हिलाम्मे ह्याट लगाएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् । उनी त नेपाल सरकारको कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका हुन् ।

Advertisement 1

बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए । झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा परे । धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो । तर, मन्त्री पराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलाई जबरजस्ती अंगालो हाल्न पुगे । उनी अगाडि देख्ने महिलालाई जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे ।

मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका थिए । यस काण्डले उनको मन्त्री पद त गुम्यो नै फेरी उनी राजनीतिको मुलधारमा फर्कन सकेका छैनन् ।

Advertisement 2

त्यस्तै १३ असार २०७३, ठिक एक वर्ष पछि हर्कतकै कारण धान दिवस चर्चित बनेको थयो, अर्को वर्ष अर्का कृषि मन्त्री हरिबोल गजुरेलले जगत हसाउने काम गरे । हरिप्रसाद पराजुली हिलोमा पुग्दा महिलामाथि अस्लिल हर्कत गरेको देखेका मन्त्री गजुरेलले उक्त वर्ष हिलो नै नछुने प्रण गरे र गमलामा धान रोपिदिए । कृषिप्रधान मुलुक नेपालका कृषि मन्त्रीले धान दिवसकै अवसर पारी गरेको यो हर्कत पुनः अर्को काण्डका रुपमा स्थापित भयो । जसले यस दिवसलाई स्थापित गराउन निकै भूमिका खेलेको छ । गमलामा करुवाले पानी हाल्दै माटो हिल्याएर धान रोपेको यो दृष्यले नेपालको कृषि प्रणालीलाई नराम्रोसँग गिज्याइरहेको थियो ।

१५ असार २०७८ सरकारले कोरोना महामारीलाई नियन्त्रणमा लिन भन्दै १५ जना भन्दा धेरै मानिसहरु एक ठाउँमा भेला हुन नदिने नियम लागू गरेको छ। तर भक्तपुरमा एमाले नेताहरुको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको उल्लंघन गरि धान रोपाइँ उत्सव मनाइएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा पूर्वमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली र युवा नेता महेश बस्नेत सहभागी भएका छन्।

Advertisement 3

सो कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामाजिक दूरीको पालना गरेका थिएनन् भने अधिकांशले मास्क समेत लगाएका थिएनन्। तर एमाले प्रवक्ता ज्ञवालीले जनस्वास्थ्य मापदण्डको पालना गरेरै आफूहरु रोपाइँ कार्यक्रममा सहभागी भएको दाबी गरे। उनले किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यस वर्ष रसायनिक मलको समेत अभाव हुन नदिने गरी काम भैरहेको बताए। मलको समस्या समाधानका लागि स्वदेशमै रसायनिक मलको कारखाना खोल्न सरकारले काम अघि बढाएको जानकारी पनि उनले दिए।

कृषकका समस्या जहाँको त्यही
मन्त्रीहरु हर्कत गर्दै गएपनि कृषकका समस्यामा भने अझै पनि सरकार गम्भीर छैन । भारतबाट वर्षेनी ३० अर्बभन्दा माथिको चामल आयात हुन्छ ।

जहाँकी नेपाल आद्यान्नमा लगभग आत्मनिर्भर हुने अवस्था छ । एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाई गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्छ ।

सरकारकै तथ्यांक अनुसार नेपालको रोपाई हुने जमिनमध्ये ६३ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्छ ।

 

प्रकाशित :२०७८ असार १५, मंगलवार १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry