बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने

बागमती। प्रादेशिक राजधानी हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने भएको छ।
Advertisement 1
साइकल प्रदेश राजधानी हेटौँडा, पैदलयात्री सडक, नदी करिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।
त्यसैगरी, प्रदेशले चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाइने आर्थिक वर्ष २०८३÷८४ को बजेटमा उल्लेख छ।
प्रकाशित :२०८३ असार ३१, बुधबार १३:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








