जलनबाट घाइते नेपालीको निधन

काठमाडौं। जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ।

Advertisement 1

काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा केही बेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो।

Advertisement 2

नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए।

प्रकाशित :२०८३ असार २६, शुक्रबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry