रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ।

Advertisement 1

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।

प्रकाशित :२०८३ जेष्ठ १९, मंगलवार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry