१ तोला सुनको मूल्य ३ लाख १ हजार माथि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ४०० त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम भएको छ।
गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु ५ हजार ९२० कायम भएको थियो। मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु ५ हजार ८८० कायम भएको थियो। गत आइतबार १ तोला सुन रु २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो। सोमबार १ तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८१० मा खरिदबिक्री भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















