चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
Advertisement 1
मङ्गलबार ३ निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। जिल्लामा ३ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन्। ३ पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो। क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसमध्ये क्षेत्र नम्बर १ मा ४ जना, २ र ३ मा ६÷६ जना उम्मेदवार स्वतन्त्र रहेका छन्। अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन्।
प्रकाशित :२०८२ माघ ७, बुधबार १४:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














