पर्सामा १ हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा। अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी यहाँ १ हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा २ हजार ३६७ उजुरी परेकामा हालसम्म ६ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन्।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “रु १ लाखको ऋण दिएर रु ३ लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन। अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्”, भने।

Advertisement 2

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले ५ वर्षअघि रु १ लाख १० हजार ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले रु ३ लाख ३० हजारको तकसुक बनाएको आरोप लगाएका छन्। उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ।”

पर्सामा मेलमिलापको बिगो रु २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए।

प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम