अख्तियारको आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा अमात्य सिफारिस

संवैद्यानिक परिषद्को बैठकले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही आयुक्त नियुक्ति पाएका छन् । लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीको नाम सिफारिस भएको छ । अन्य नियुक्तिहरु सार्वजनिक गरिएको छैन् ।
हिजो बसेको संवैद्यानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त नियुक्त भएका छन् ।
अख्तियारम डा हरि पौडेल र डा सुमित्रा अमात्य सिफारिस भएका छन् । पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने डा अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् । उनी नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव तुलसीलाल अमात्यकी बुहारी हुन् ।

प्रकाशित :२०७८ बैशाख २७, सोमबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry