कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ?
भन्छन नि महामारीले करोडपति र रोडपति चिन्दैन । धनी र गरिब हेर्दैन । अहिले कोरोनाको दोश्रो लहरबाट पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिदेखि ओली सरकारका क्याविनेटमन्त्रीहरु टोपबहादुर रायमाझी,मणिचन्द्र थापा,भानुभक्त ढकाल,लेखराज भट्ट संक्रमित भइसकेका छन् ।
जसमध्ये केही अस्पतालमा उपचाररत छन् भने केही होम आइसोलेसनमा । यस्तै पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल,पूर्व प्रधानमन्त्री झलनाथ खनाल,मोदनाथ पाश्रितदेखि मदनकृष्ण श्रेष्ठ, शंकर भण्डारी, विश्वप्रकाश शर्मासम्म कोरोना संक्रमित भएका छन् ।
यसैबीच जनस्वास्थ्यविद् डा रविन्द्र समिरले कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ? सुझाव र सल्लाह दिएका छन् । कोरोनासँग सम्बन्धित जयी तथ्यलाई बुझेर हामी आफू, आफ्ना परिवार तथा समाजलाई कोरोनाबाट सुरक्षित गर्न सक्छौं।
.
– कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ |
– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ |
– अनुहार छोइरहनेलाई चिन्दछ |
– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ |
– हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ |
– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ |
– …
– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन |
– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन |
– यस्तो बेलामा मर्निंग वाक / इभिनिंग वाक गर्नेलाई चिन्दैन |
– भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन |
– कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन |
– चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन |
– खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन |
– आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन |
– ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन |
– पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन |
– प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ |
– अस्पताल प्याक भएको थाहा पाउंदैन।
– अक्सिजनको अभाव थाहा पाउंदैन।
..
– कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ |
– कसैलाई गम्भीर बनाउँछ |
– कसैलाई प्लास्टिकमा प्याक गराउँछ
तर
कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन |
…..
तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ !
..
यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन | आत्तिनु पर्दैन | डर मान्नुपर्दैन |