आज तोलामा ह्वात्तै बढ्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा आइतवार सुनको मूल्य ह्वात्तै बढेको छ। तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो।
Advertisement 1
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो।
प्रकाशित :२०८२ भाद्र ८, आईतवार ११:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%