राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा श्रेष्ठ नियुक्त
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको हो । २०७८ जेठ ६ गते बिहिबार बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको रित्त पदमा निर्वाचन हुँदै छ ।
Advertisement 1
निर्वाचन ऐन, २०७५ को दवफा ७ बोमिजम न्याय परिषद्को परामर्शमा प्राप्प्त नामावलीका आधारमा उनलाई बैशाख १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगको प्रवक्ता समेत रहेका सहसचिव राज कुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापालाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।
Advertisement 2
प्रकाशित :२०७८ बैशाख १४, मंगलवार २०:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%