३ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै आइतबार प्रतितोला १८ सय ६५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि घटाइएको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ माघ १४, सोमबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry