‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

गृहमन्त्री रमेश लेखक बिहीबार जनकपुरधाम विमानस्थलमा समसामयिक विषयमा पत्रकारहरुसँग कुराकानी गर्दै । तस्बिर : निरंजनकुमार साह / रासस

जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन्। ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य रहेको उनले बताएका हुन्।

Advertisement 1

जनकपुर विमानस्थलमा बिहीबार बिहान उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए।

‘नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ। नयाँ कानुन निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ,’ उनले भने, ‘नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति अर्थ मन्त्रालयमा पुगिसकेको छ।’

प्रकाशित :२०८१ भाद्र ६, बिहीबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry