ज्योति विकास बैंकले गर्यो अग्नि पिडित परिवारलाई राहत सामग्री वितरण

काठमाडौं । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारलाई पुग्ने डसना ओछ्यान र झुल वितरण गरेको छ । मटिहानी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीसँगको समन्वयमा अग्निपीडित १२० परिवारलाई डसना ओछ्यान र झुल वितरण गरिएको हो ।

Advertisement 1

वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो । राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्री अग्नि प्रकोप पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयमार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोष”मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

Advertisement 2

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बैंकले जनाएको छ । बैंकले हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित :२०८१ बैशाख १७, सोमबार २३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry