मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगेको आरोपमा पक्राउ्

बैंकिङ कसुरको ‘मुद्दा मिलाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको मिरकोट–३ घर भई काठमाडौंको कीर्तिपुर, मच्छेगाँउ बस्दै आएका ३२ वर्षीय नवीन लामिछाने छन् ।

Advertisement 1

उनले प्रवीण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौँको थापाथलीबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry