खानेपानी कार्यालय मुगुका प्रमुख रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसहित पाँच जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका पाँचको नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको भन्दै उनीहरु विरुद्ध आइतबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Advertisement 1

कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध पाँच लाख ६१ हजार चार सय ८१ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको छ ।

प्रकाशित :२०८१ बैशाख २, आईतवार २२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry