दुई पालिकामा भोलि सार्वजनिक बिदा

भोलि हरिबोधनी एकादशीको अवसरमा गुल्मीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । सो पर्वको अवसरमा गुल्मीका रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन ।
Advertisement 1
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठू मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । सो दिन यी पालिकाभित्रका कार्यपालिकाको कार्यालय, पालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा हुने बताइएको छ ।
प्रकाशित :२०८० मंसिर ६, बुधबार ०८:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%