उपरथीको हातमा हत्कडी

जिल्ला प्रहरी परिसर ललितपुरले अवैध जुवा बिरुद्ध थालेको कारबाहीमा नेपाली सेनाका उपरथीसहित आठजना पक्राउ परेका छन् ।

Advertisement 1

परिसर ललितपुरले विशेष सूचनाका आधारमा ललितपुर हात्तिबनस्थित क्लासिक टावरमा मंगलबार साँझ गरेको छापामा १६ लाख ८२ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

परिसरका अनुसार ललितपुर वडा नम्बर १५ स्थित क्लासिक टावरको ए ब्लकको छैठौं तलामा व्यवासायिक जुजाखालबाट सेनाका अवकाशप्राप्त उपरथी होम लावती पक्राउ परेका हुन् । जुवाखाल भएको फ्ल्याट समेत लावतीकै आफन्तको रहेको खुलेको छ ।

Advertisement 2

परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहले घटनाको पुष्टि गरे । तर, उनले पक्राउ परेकाहरुका विषयमा अनुसन्धान भइरहेको बताउँदै नाम खुलाउन चाहेनन् ।

पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।

प्रकाशित :२०८० कार्तिक २९, बुधबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry