कर्मचारीलाई ज्यालादारीमा कहिलेसम्म काममा लगाउने ?

निजामती अस्पतालका कर्मचारीरूले सरकारी कर्मचारीसरह तलब तथा सेवा सुविधाको माग गर्दै आन्दोलन सुरू गरेका छन्। सो अस्पतालमा कार्यरत कर्मचारीहरूको संगठन ‘निजामती अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरू गरेको हुन् ।
कर्मचारीहरुले विभिन्न नारा अंकित व्यानर सहित अस्पताल अगाडि उभिए आन्दोलन गरेका छन् ।
उनीहरुले काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ? सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिन के ले रोक्यो ? गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिलेसम्म ? कर्मचारीलाई ज्यालादारीमा कहिले सम्म काममा लगाउने ? मेरो कार्य मूल्याङ्कन कहिले ? १२ वर्षदेखि एउटै तह, स्तरोन्नति कहिले हुन्छ ? लेखिएका ब्यानर लिएर आफ्ना माग पूरा गराउन अस्पताल अगाडि उभिएका थिए। सो आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारी उपस्थित थिए।
सो अस्पतालका कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । धिमालले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए।

प्रकाशित :२०७७ भाद्र १४, आईतवार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry