उद्योग मन्त्रालयमा ५ सहसचिव हेरफेर, २ जनाको पदस्थापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन हेरफेर तथा महानिर्देशकको पदस्थापन गरेको छ ।

Advertisement 1

मन्त्रीको सचिवालयका अनुसार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा सह सचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ भने कम्पनी रजिष्टारको कार्यालयको रजिष्ट्रारमा सहसचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ । सहसचिव लीला प्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा,यज्ञराज कोईरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको कामकाज तोकिएको छ ।

Advertisement 2

निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २०८० भदौ २५ को मन्त्रीस्तरीय निर्णयअनुसार ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको हो।

 

प्रकाशित :२०८० भाद्र २६, मंगलवार १६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry