नेपाली सेनाका मेजर र डाक्टर दुवै बेपत्ता

सुनसरी र उदयपुर जोड्न निर्माण भएको कोसी पुलमा कार छोडेर बेपत्ता भएका मोरङ उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला अझै फेला पर्न सकेका छैनन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले दिएको जानकारी अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् । बेवारिसे कार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो ।

‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेका थियौँ,’ फुयाँलले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी गर्‍यौँ ।’

Advertisement 2

सशस्त्र प्रहरीको गोताखोर टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले डाक्टर कोइरालाको खोजी गरिरहेको छ।

त्यस्तै आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।

Advertisement 3

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् । उहाँ हिजोबाट सम्पर्कविहिन हुनुभएको छ, हामी खाजीरहेका छौँ’, उनले भने ।हाल नेटवर्कको पनि समस्या भएकाले खोजीमा केही जटिलता भएको उनको भनाइ छ ।

बडीगार्ड नलिएर हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । गुल्मपति पण्डितको खोजीका लागि डीएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

पण्डित काठमाडौँको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थियो । त्यसपछि पीओसोलाई भो पर्दैन भनेर फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको कुरा बुझिएको पोखरेलले बताए । त्यसपछि उहाँ सम्पर्कमा छैनन् ।

 

प्रकाशित :२०८० भाद्र १२, मंगलवार ०९:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry