आहा ! मनमाेहक भाङ्गे झरना

उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईंचो बढ्न थालेको छ । रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु रहेको मध्ये वर्षाको समयमा मात्र बन्ने यस्ता झरनाहरु हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईंचो लाग्छ ।

Advertisement 1

अहिले भाङ्गे झरनालाई बाहुबली झरना पनि भन्न थालिएको छ । झरनाको सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न रसुवा जिल्लालगायत छिमेकी जिल्ला नुवाकोट, काठमाडौंबाट समेत दैनिक एकदेखि दुई हजार पर्यटक आउने गरेको स्थानीयले जानकारी दिएका छन् ।

शान्त अनि मनोरम वातावरण
केही उचाइबाट झरेको चिसो पानी । मनै भुलाउने मनोरम अनि शान्त वातावरण । उत्तरगया गाउँपालिकाको भाङ्गे झरनामा पुग्दा एकैसाथ यी विशेषता नियाल्न पाइन्छ । सँगै शान्त, मनोरम वातावरणमा मन टहलाउन पाइन्छ ।

Advertisement 2

फोटो खिच्ने, टिकटक बनाउनेको भिड
चिसो बताससँगै झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने, टिकटक बनाउनेको पनि उत्तिकै भिड देख्न सकिन्छ । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा, यहाँको प्राकृतिक सौन्दर्य नियाल्न पाउँदा निकै खुशी मिलेको एक पर्याटकले जानकारी दिए।

प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य
भाङ्गे झरना प्रेमी–प्रेमिकाका लागि आकर्षक गन्तव्य बनेको त्यहाँ पुग्ने जोकोहीले देख्न सक्छन् । झरना हेर्न अनि झरनासहितको तस्बिर खिच्न प्रेमिल जोडीहरू व्यस्त भइरहेका भेटिन्छन् । प्रेमी जोडीसँगै झरनामा विवाहित जोडी पनि धेरै पुग्ने गरेका छन् । चाडपर्व, बिदाको दिन झरनामा बढी भिड लाग्छ । बर्खायाममा झरना हेर्न र यहाँ रमाउन पुग्नेहरूको भिड लागेको हो । तर हिउँदमा यो झरना प्राय सुनसानजस्तै हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन ।

Advertisement 3

 

 

प्रकाशित :२०८० श्रावण ३०, मंगलवार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry