उपमहानगरपालिकाको बेथिति :खोप केन्द्रमा भाडामा नीजि अस्पतालका कर्मचारी खटाइए

धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीको चरम अभाव देखिएको छ । उपमहानगरपालिकाले स्वास्थ्यकर्मी अपुग रहेकै अवस्थामा समायोजन तथा समायोजन मिलान भइ कार्यरत स्वास्थ्यकर्मीहरुको हाजिरी रोक्दा वडामा स्वास्थ्यकर्मीको अभाब देखिएको हो ।

Advertisement 1

उपमहानगरपालिकाका १९ वटै वडा मार्फत सञ्चालन गर्ने नियमित खोप अभियान प्रभावित बनेको छ । जनशक्ति अभाव हुँदा साउन महिनामा केही वडामा ढिला गरि खोप अभियान सञ्चालन गरिन लागेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उपमहानगरपालिकाले वडामा जनशक्ति अभाव भएपछि साउन महिनामा हरेक वडामा एकै साथ अभियान सञ्चालन गर्ने खोप कार्यक्रमको नयाँ तालिका तयार गरेको छ । खोपबाट कुनै पनि बालबालिका नछुट्नु भन्ने लक्ष्यसहित उपमहानगरले एक पटक सबै वडामा खोप अभियान सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य शाखा प्रमुख अवस्थीले उपमहानगरपालिकाको खोफ कार्यक्रम अनुसार २, ३, १७ र १९ नम्बर वडामा ढिला गरी सञ्चालन हुने बताए ।

शुत्रबारदेखि बाँकी वडामा नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । स्वास्थ्यकर्मी नहुँदा केही वडामा ५ देखि त केही वडामा भोली (६ गते) तथा केही वडामा ९ र १० गते खोप कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । उनले सबैलाई खोपको पहुँचमा ल्याउन सबै वडामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने भएपनि जनशक्ति व्यवस्थापनमा ढिलाई भएको बताए । यसले केही बालबालिका खोपको पहुँचबाट वञ्चित हुने देखिएको छ । धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेर खोप कार्यक्रमलाई सहयोग गर्न नीजि अस्पतालका कर्मचारीलाई राखेको पाइएको छ । कर्मचारीहरुले शुक्रबार पाँचौ दिनसम्म पनि धर्ना जारी राखेका छन् । स्वास्थ्यकर्मी अभाव भएपछि निसर्ग, माया मेट्रो, कैलाली अस्पताल लगायतबाट कर्मचारीलाई भाडामा लिएर खटाएको जनाइएको छ । धनगढीस्थीत एक निजी अस्पतालमा कार्यरत ज्ञानु कुँवरलाई धनगढी वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि जिम्मेवारी दिइएको छ । उनको दरबन्दी धनगढी उपमहानगरपालिकामा छैन् । यस्तै धनगढीको वडा नम्बर ११ स्थित शहरी स्वास्थ्य केन्द्रमा दिपेन्द्र चौधरीलाई उपमहानगरपालिकाले खटाइएको छ उनीपनि नीजि अस्पतालका कर्मचारी हुन् ।

Advertisement 2

सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी रहेको छ । स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले खोप अभियानलाई सहयोग पुर्याउन नीजि अस्पतालमा कार्यरत कर्मचारीलाई खटाइएको बताए ।

प्रकाशित :२०८० श्रावण ५, शुक्रबार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry