मन्त्री छान्न शेखर–गगन समूहका नेताहरू छलफलमा, क–कसको छ सम्भावना ?
कांग्रेसको शेखर कोइराला–गगन थापा समूह आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन बैठक बसिरहेको छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी रहेपछि मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ ।
Advertisement 1
यो समूहबाट डिगबहादुर लिम्बू र धनराज गुरूङको मन्त्री बन्ने सम्भावना छ ।यस्तै जीवन परियार तथा बद्री पाण्डे मध्ये एक जनालाई मन्त्रीका रूपमा पठाउने समूहको तयारी छ । समूहबाट सुरेन्द्रराज आचार्य पनि मन्त्री बन्न लबिङमा छन् । यता शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ ।
प्रकाशित :२०७९ चैत्र ३०, बिहीबार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%