इ. गणेराज वस्तीको कविता :- कठैबरै !

मासुनै मासु मलाई अरु कठैबरै !
म गर्छु सबथोक तिमी बस घरै!

Advertisement 1

हड्डी छोडि मासुमा नै किन नजाने ?
त्यस्को त्यो खोसेर मैले किन नखाने ?

चल्यो दिमाग गमेर यहाँ यस्तै यस्तै !
दुधभात मलाई अरुलाई ढिंडो निस्तै !

Advertisement 2

विचार मेरा सचेत बोक्छन् यात्री यस्तै !
भाडा दिन्छन् राम्रै गर्छन् खेती त्यस्तै !

सचेत बनि आयो मेरो विचार यस्तो !
अर्धचेत विचार होलान् झन् कस्तो ?

Advertisement 3

सचेत, अर्धचेत, अचेत विचारको पोको !
अचेत पक्षको झन् छ सुन्न हेर्न धोको !

अचेतपक्ष थिचिएर सडिगलि सक्यो !
सचेतपक्ष फूलेर स्याउफलि सक्यो !

हड्डी गलेर सुप बन्यो तिमी हेरेको हेर्यै !
मासुनै मासु होस् मलाई अरु कठैबरै !

प्रकाशित :२०७७ माघ २४, शनिबार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry