प्रधानमन्त्री कार्यालयको रणनीतिक योजना बनाउने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई

Advertisement 1
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रणनीतिक योजनाको जिम्मेवारी नीति अनुसन्धान प्रतिष्ठानलाई दिनुभएको छ ।
चार बर्ष अघि केपी ओली प्रधानमन्त्री हुँदा सरकारद्वारा अवलम्बन नीतिको प्रभावकारिता अध्ययन, अनुसन्धान गरी सुझाव दिने निकाय नीति अनुसन्धान प्रतिष्ठान विगतमा उपेक्षामा पर्दै आएको सरकारी निकाय हो ।
सोही निकायलाई प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेकै दिन प्रतिष्ठानलाई आफ्नो कार्यालय ९प्रधानमन्त्री तथा मन्त्रिपरिषद्०को रणनीतिक योजना निर्माण गर्ने जिम्मेवारी दिइएको हो ।
Advertisement 2
थिंक ट्यांकजस्ता संस्थाको अपनत्व पहिलो पटक प्रधानमन्त्री प्रचण्डले लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक योजना निर्माण गर्ने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले नीति अनुसन्धान प्रतिष्ठानलाई फागुनमध्यभित्रै प्रतिवेदन बुझाउने निर्देशनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुधारको रणनीतिक योजना बनाउने जिम्मेवारी नीति अनुसन्धान प्रतिष्ठानलाई दिनु भएको हो ।
Advertisement 3
अहिले प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा छन्,डा विष्णु राज उप्रेती,यस अघिका कार्यकारी अध्यक्ष चैतन्य मिश्र,डा गणेश गुरुङहरु काम गर्ने वातावरण नभएको भन्दै प्रतिष्ठानबाट बाहिरिएका थिए ।