साल्ट ट्रेडिङको ६१ बर्षको यात्रा :-नुन,ग्यासदेखि अब तोरीको तेल उत्पादनतिर

साल्ट ट्रेडिङ कर्पाेरेसन ६१ औं बर्षमा प्रवेश गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच कर्पोरेसनले आफ्नो ६० औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो अवसरमा कर्पोरेसनले अव छिट्टै एसटीसी ब्राण्डको तेल उत्पादन गर्ने जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले आफ्नै ब्राण्डको तेल उत्पादन गर्ने लागेको उद्घोष गरेकी हुन । उनले उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट निकट भविष्यमा एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने प्रयास भइरहेको जनाएकी छिन् । यस्तै, उनले रासायनिक मलको अभाव नहोस् र कृषकहरुले समयमा मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय रहेको पनि बताएकी छन् ।
यस्का अलवा कम्पनीको बार्षिकोत्सवमा अवसर पारेर गत बर्ष दिवंगत भएका संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार स्थापना गरेको जनाइएको छ । यो बर्ष उक्त पुरस्कार इटहरीमा अवस्थित श्री निःसहायक बालबालिका सेवा आश्रम ईटहरीलाई प्रदान गरिएको श्रेष्ठले जनाएकी छिन् । ताम्रपत्र सहित उक्त पुरस्कारको राशि रु ७५ हजारको रहेको छ ।

Advertisement 1

यस्तै एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई “साल्ट ट्रेडिङ्ग अनंङ्गमान शेरचन छात्रबृत्ति” पुरस्कार प्रदेश कार्यालय धनगढीका कर्मचारी तेज बहादुर कुँवरका छोरा पार्शव कुँवर तथा “साल्ट ट्रेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति” पुरस्कार प्रदेश कार्यालय बिराटनगरका कर्मचारी कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई प्रदान गरिएको छ । उनीहरुले मासिक ३ हजारका दरले २ बर्ष छात्रवृत्ति पाउनेछन् ।
यस्का अलवा कर्पोरेशनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी विष्णु प्रसाद न्यौपाने तथा सहायक स्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी श्री तेज बहादुर कार्की तथा स्तरबिहिन कर्मचारी श्री राधेश्याम खड्कालाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार अधिकृत स्तरमा सबल रिजाल, सहायक स्तरमा श्री काजी बहादुर पराजुली र स्तरबिहिनमा श्री मंगल बहादुर लामा पुरस्कृत भएका छन् ।
ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मानपत्र सहित नगद रु ३५,००० र हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको राशि तीस हजार रहेको छ ।

प्रकाशित :२०७९ भाद्र २८, मंगलवार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry