गभर्नरको राजीनामा माग्दै नेविसंघको मशाल जुलुस

गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ। नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि सडकमा आइतबार साँझपख मशाल जुलुश निकालेको थियो।
Advertisement 1
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयमा प्रश्न उठेको भन्दै नेविसंघले गर्भनर अधिकारीको राजीनामाको माग गरिरहेका छन्। नेविसंघ आरआरका नेता अनुराग शाहले गभर्नर कुनै पार्टीको कमिटीमा बस्न नमिल्ने भएकोले राजीनामा माग गर्नुपरेको बताए।
Advertisement 2
गभर्नर अधिकारी एम. अधिकारीको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको चर्चापछि उनी विवादमा तानिएका छन्। यद्यपि गभर्नर स्वयंले यसलाई अस्वीकार गरेका छन्। उनले आफू कुनै दलमा नरहेको बताएका छन्। एमालेले पनि एम। अधिकारी गभर्नर नभएर अर्कै व्यक्ति भएको दाबी गरेको छ।