फेरि बढ्यो सार्वजनिक सवारीको भाडा
Advertisement 1
बाग्मती प्रदेश सरकारले आजदेखि सार्वजनिक यातायताको नयाँ भाडादर कायम गरेको छ । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गर्दै आजदेखि सार्वजनिक सवारीसाधनको भाडादर बढाइएको छ । नयाँ व्यवस्था अनुसार अब सार्वजनिक सवारी साधनमा चढ्दा न्यूनतम २० रुपैंया भाडा तिर्नुपर्नेछ । यस अघि सरकारले न्यस्नतम भाडादर १८ कायम गरिएको भए पनि व्यवसायीहरुले २० रुपैंया असुल्दै आएका थिए ।
सरकारले वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्दै १० प्रतिशत बृद्ध गरेसँगै काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा न्यूनतम २० रुपैंया कायम हुन पुगेको हो । अब १० किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।
प्रकाशित :२०७९ बैशाख २, शुक्रबार ०८:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%