सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर
सानिमा जनरल इन्स्योरेन्सले नेपाली नयाँ वर्षको उपलक्ष्यमा नयाँ अफर ल्याएको छ । यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको हो ।
Advertisement 1
यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो। सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ।
यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १०,००० सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् ।
प्रकाशित :२०७८ चैत्र २९, मंगलवार ०९:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%